चितवन । लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता हुन लागेको हो । क्लबले सहभागीताको लागि प्रतियोगिहरुलाई आब्हान गरेको छ । प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई भदौ ३१ गतेभित्र नाम दर्ताको मिति तोकिएको पन्तले बताए । लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको विकासको लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शिरिष पन्तले बताए ।
प्रतियोगि जोडी दर्ता शुल्क पाँच हजार राखिएको छ । सहभागिताका लागि एउटै क्लबबाट धेरै सहभागि हुन पाउने ब्यवस्था छ । डिष्ट्रिक ३२५ आर भित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । अध्यक्ष पन्तका अनुसार नाम दर्ता गर्दा नै क्लबको नाम, क्लब नम्बर प्रतियोगि खेलाडीको नाम र सदस्यता नम्बर समावेश गर्नुपर्ने नियम राखिएको छ । तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाईएमा प्रतियोगितामा समावेश नगरिने पन्तले बताए । अध्यक्ष पन्तले भन्नुभयो “नियम बाहिरको खेलाडी भएमा प्रतियोगितामा सहभागी गराईदैन, दर्ता शुल्क पनि फिर्ता हुँदैन ।”
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपालको पहिलो टायल उद्योग नेपोभिट टायल रहेको छ । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको छ । आयात प्रतिथापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो ।