• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल

  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

भरतपुर, १५ पुस
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै हुनुहुन्थ्यो । उहाँले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisement

निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो ।

केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । भरतपुर महानगरपालिका–१० स्थित विद्यालयको हीरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार–सुसार’ कार्यक्रम आयोजना गरेको हो ।

आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक प्रियङ्का शाहले भन्नुभयो, “सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आश छ । घरमा पनि मलाई सहयोग गर्छन् तर आज स्कुलले सिकाएजस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।” शाहले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाउनुभयो । शाहकी छोरी ४ कक्षामा अध्यनरत छिन् ।

शारीरिकरूपमा दृष्टिविहीन अभिभावक डोलकुमारी ढकालले व्यवहारिक शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका छोरा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । ढकालले विद्यालयबाटै पारिवारिक शिक्षा दिन सके खुसी परिवार निर्माण गर्न सकिने विचार राख्नुभयो ।

सानै उमेरदेखि बच्चालाई काम गर्न, असल ज्ञान दिन जरुरी रहेको उहाँको भनाइ छ । उहाँका छोरा सागर ढकालले अरुका लागि नौलो कुरा भए पनि आफ्ना लागि भने दैनिकीजस्तै लागेको बताउनुभयो । “मेरो ममीले सानैदेखि मलाई काम गर्न सिकाउनुभएको छ । ममीको स्याहारसुसार पनि गर्दै आएको छु”, सागरले भन्नुभयो ।

अभिभावक रुपक लामिछानेले यस्ता खालका अभियान र कार्यक्रमले मात्रै अभिभावकलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हात–मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनुपर्छ ।”

कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक विशाल अधिकारीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

विद्यालयले नेपालमा नै पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठो–मसिनो खाएर अभिभावकलाई सम्मानपूर्वक खुवाउने र स्यारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

“कलिलो दिमागमा नै यो सन्देश पसोस् भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “विद्यालयमा सिकेको कुरा भविष्यसम्म उनीहरुमा छाप बस्छ ।” शिक्षकले जे कुरा सिकायो विद्यार्थीले त्यही कुरा सिक्ने हुँदा विद्यालयस्तरबाट यसलाई सामाजिकस्तरसम्म लैजानुपर्ने उहाँको भनाइ छ ।

सानै उमेरमा आमाबुवा र हजुरबुवा गुमाउनुभएका अधिकारीले समय परिस्थिति अनुकूल कार्यक्रम ल्याएको जानकारी दिनुभयो । हजुरआमाले कष्ट गरेर शिक्षकसम्म बनाएको सम्झँदै उहाँले आफ्नोजस्तो हजुरआमा, बुवा वृद्धाश्रममा देख्दा असैह्य हुने बताउनुभयो । यसलाई जरैदेखि निको पार्न विद्यालयदेखि नै विद्यार्थीलाई सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दबाडीले एकले अर्कालाई हेप्ने होइन सम्मान गर्ने बानीको विकास हुनुपर्ने भन्दै यो संस्कार सबैलाई सिकाउनुपर्ने बताउनुभयो । विद्यालयले गरेको कार्यक्रमले सबैलाई सकरात्मक सन्देश दिएको उहाँको भनाइ छ ।

“सबैतिर सकारात्मक सन्देश प्रवाह भएको छ, म धेरै खुसी भएको छु”, उहाँले भन्नुभयो । विद्यार्थीले बनावटीमात्रै नभएर दिल खोलेर आफ्ना अभिभावकसँग प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल र अन्य कारणले आफ्नो घरपरिवार र आफन्तसँगको सम्बन्ध पनि टाढा बनाएको भन्दै त्यसको अन्त्य स्कुलबाट मात्रै सम्भव भएको प्राचार्य दबाडीले बताउनुभयो ।
(रासस)

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घर–घर धाएर विद्यार्थी बटुल्छन् शिक्षक
अमेरिकामा मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी पत्नी सिर्जना
काठमाडौंवासीलाई गिज्याइरहेको वाग्मती

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.