• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

क्रिप्टो कारोबार हुने वेभसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

क्रिप्टो कारोबार, हाइपर नेवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेभसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

Advertisement

नेपालको मौजुदा कानूनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेभसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टो करेन्सी कारोबार, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेभसाइट, एप्लिकेसन र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिए पनि इन्टरनेट सेवा प्रदायकहरूले अटेरी गरेपछि फेरी निर्देशन दिनु परेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यस्ता वेभसाइट र एप्लिकेसन बन्द गर्नका लागि सेवा प्रदायकहरूलाई दोस्रोपटक निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताउनुभयो । “अर्थ मन्त्रालयबाट परिपत्र भए बमोजिम हामीले करिब एक वर्षअघि इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइट बन्द गर्न निर्देशन दिएका थियौँ । तर उक्त निर्देशनको प्रभावकारी पालना भएको नदेखिएपछि अहिले फेरी निर्देशन दिइएको हो ।”, पौडेलले भन्नुभयो । यो निर्देशन पालना नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायतका विषयसँग सम्बन्धित वेभसाइट र एप्लिकेसन सञ्चालनमा रोक लगाउन भनेको छ । त्यस्तो वेभसाइट, एप्लिकेसन वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । यसअघि सरकारले अश्लील साइटहरु पनि बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।
(रासस)

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मन्त्रालयगत बजेटप्रति सत्तारूढ सांसदकै आक्रोश
भरतपुर महानगरको बजेट ५ अर्बभन्दा बढीको
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.