• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

गुलाबको फूल सौन्दर्य र सुगन्धको मिश्रण

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

हेर्दै मनमोहक गुलाबको फूल सौन्दर्य र सुगन्धको मिश्रण पनि हो । त्यसैले धेरैलाई गुलाबको फूल मन पर्छ । यो फूललाई घर र बगैंचामा सजाएर वातावरण नै मनमोहक बनाउन सकिन्छ ।

Advertisement

गुलाबको सौन्दर्यले मोहित त बनाउँछ नै मनमा सकारात्मक ऊर्जा पैदा गरिदिन्छ । गुलाबको फूल कसरी रोप्ने र कसरी हेरचाह गर्नेलगायत विषयमा कुमारी नर्सरीका सञ्चालक राकेश श्रेष्ठसँग गरिएको कुराकानी :

गुलाब कति प्रजातिको हुन्छ ? नेपालको रैथाने प्रजाति कुन कुन हो ?

गुलाबको फूल थुप्रै प्रजातिको हुन्छ । कुनै गमलामा रोप्न सकिने हुन्छ भने कुनै बगैंचामा । नेपालमा पाइने स्थानीय जातका गुलाब भने रोजा म्याक्रोफिला, रोजा सेरिसिया र रोजा ब्रुनानी आदि हुन् ।

कति रंगको हुन्छ गुलाब ?

गुलाबको फूल प्रायः सबै रंगमा पाइन्छ । तर बढी रुचाइएको रंगहरु रातो, गुलाबी, सेतो, सुन्तला र पहेंलो हुन् ।

भ्यालेन्टाइनमा बढी बिक्री हुने रातो गुलाब कुन प्रजातिको हो ?

यो गुलाब ‘स्टिम’ प्रजातिको हो ।

यस्तो गुलाबलाई कसरी रोप्ने ?

गुलाबको बिरुवा (कटिङ) विदेशबाट ल्याउने गरिएको छ । यद्यपि यहाँ उपलब्ध कटिङबाट पनि बिरुवा फैलाउन सकिन्छ । यसको कटिङ रोप्न माघदेखि चैतसम्मको सिजन उपयुक्त हुन्छ । अहिले हाइटेक प्रविधिले गर्दा अरू सिजनमा पनि रोप्न सकिन्छ ।

कसरी कस्तो माटोमा राख्ने ?

गुलाबको फूल रोप्न प्राङ्गारिक पदार्थको मात्रा प्रशस्त भएको एवं पानी नजम्ने किसिमको माटो भएको हुनुपर्छ । बलौटे माटो यसका लागि उपयुक्त हुन्छ ।

कसरी सिंचाइ गर्ने ?

सिंचाइ गर्दा बिहान र साँझको समयमा उत्तम हुन्छ । यसको बिरुवालाई अन्य बिरुवाको तुलनामा अलि बढी पानीको आवश्यकता पर्छ । तर यसो भन्दैमा आवश्यकभन्दा बढी पानी पनि हाल्नुहुँदैन । अत्यधिक पानीले बिरुवाको जरा सडाउने वा फङ्गस लाग्न सक्छ ।

गोडमेल वा मलजल कसरी गर्ने ?

गुलाबको फूललाई हड्डीको धुलो मल उपयुक्त हुन्छ । हड्डीको धुलोमा न्युट्रेन, क्याल्सियम जस्ता तत्त्व हुने भएकाले गुलाबलाई फुल्न सहयोग गर्छ ।

गाईको गोबर गुलाबलाई उपयुक्त हुन्छ । पिना, कम्पोस्ट मल पनि हाल्न सकिन्छ । गुलाबलाई मल हाल्दा गमलामा होस् वा जमिनमा नै किन नहोस् माटोले छोपेर हाल्नु उपयुक्त हुन्छ ।

कस्तो हावापानीमा गुलाबी फूल सप्रिन्छ ?

गुलाबको फूल तातो हावापानीमै राम्रो फुल्ने गर्छ । करिब ३५ देखि ३८ डिग्री सेल्सियस तापक्रममा यो राम्रो फुल्न सक्छ । चिसो हावापानीमा भने यो राम्ररी फुल्न सक्दैन ।

जाडो मौसममा गुलाबको बोट सुषुप्त अवस्थामा हुन्छन् । त्यसैले जाडो मौसममा छाँटकाँट गर्नु राम्रो हुन्छ । जाडो मौसममा गुलाबको छाँटकाँट तथा मलजल गर्दा गर्मी सुरु हुने बित्तिकै पात आएर फुल्न सुरु गर्छ ।

गुलाबमा लाग्ने रोग एवं कीराहरू के के हुन सक्छ ? कसरी उपचार गर्ने ?

गुलाबको बिरुवामा एफिड नामको कीरा लाग्न सक्छ । हरियो रंगको यो एफिडले बिरुवालाई नोक्सान पुर्‍याउन सक्छ । साथै रेड स्केल, रोजवेफर जस्ता कीरा पनि लाग्न सक्छ । लाइ कीरा पनि लाग्न सक्छ । यसबाट बच्नका लागि बिरुवामा कीटनाशक विषादीको प्रयोग गर्नुपर्छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घर–घर धाएर विद्यार्थी बटुल्छन् शिक्षक
अमेरिकामा मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी पत्नी सिर्जना
काठमाडौंवासीलाई गिज्याइरहेको वाग्मती

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.