• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

पेटुनिया फूल 

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

रोप्न सजिलो, स्याहार्न सजिलो, थरीथरी रंगका । अनि लामो समयसम्म फुल्ने । पेटुनिया काइदाको फूल हो । यो आयातीत फूल हो, दक्षिण अमेरिकाबाट भित्र्याइएको । यसको विभिन्न २० प्रजाति यहाँ पाइन्छन् । संसारमा सबैभन्दा सजिलै पहिचान फूलमध्येमा पर्छ, पेटुनिया ।

Advertisement

पेटुनिया फूल घाम लाग्ने वा घमाइलो ठाउँ मन पराउँछ । यो फूल वसन्तदेखि शरद् ऋतुसम्म ढकमक्क फुल्छ । यसका केही प्रजाति भने बाह्रैमास फुल्छ । पेटुनिया फूलको लागि बलौटे माटो एकदम राम्रो हुन्छ । पेटुनिया फूल रोप्नुअघि बलौटे माटोमा खरानी, हड्डीको धुलो, कम्पोस्ट मल र पिना मिसाएर गमला तयार गर्नुपर्छ ।

पेटुनिया फूल झाँगिएर जान्छ । बलौटे माटो खुकुलो हुने भएकाले जरा सजिलैसँग फैलिनका लागि यो उपयुक्त हुन्छ ।

पेटुनिया कति प्रकारका हुन्छन् ?

धेरै प्रकारका हुन्छन् पेटुनिया । उदाहरणका लागि जम्पो मिक्स, जम्पो फोरेस्ट, जम्पो स्टार, डबल पेटुनिया, हटोनिया र र्‍यामलिङ ।

पेटुनियाको विशेषता भनेको यसमा एउटै फूलमा धेरै रंग मिसिएर फुल्ने गर्छ । जसमा जम्पो मिक्समा एउटा मात्र रंगको फूल फूलछ भने जम्पो फोरेस्टमा एउटै फूलमा दुईवटा रंग र दुईवटा लेयर भएको हुन्छ ।

त्यस्तै जम्पो स्टारमा फूलको बीचमा स्टार आकार आएको हुन्छ । यसरी यसमा विभिन्न रंगका फूल हुन्छन् ।

कहाँ रोप्नुपर्छ ?

पिटुनिया आउटडोर प्लान्ट हो । यसलाई भुईंमा गमला वा ह्यांगिङ गमलामा पनि रोप्न सकिन्छ । धेरैजसो यो ह्यांगिङ गमलामा रोप्ने गरिन्छ । सिंगल वा डबल फूल फुल्ने पेटुनिया फूल रातो, सेतो, गुलाबी, बैजनी र हल्का नीलो रंगको हुन्छ । कालो र पहेंलो पेटुनिया फूल भने कम नै पाइन्छ ।

यो फूलको बीउ राखेको ६–७ दिनमा उम्रिन्छ । यो फूल रोपेको ४५ दिनमा फूल फुल्न सुरु हुन्छ ।

कसरी हेरचाह गर्ने ?

यसलाई पिना (तोरीको तेल पेल्दा निस्कने तोरीको बाहिरी भाग) र हड्डीको धुलो मिक्स गरेर बोटमा स्पेय गर्दा बोट सधैं हरियो राम्रो देखिने हुन्छ । यसलाई १५ दिनको फरकमा छर्कनुपर्र्छ । एक लिटर पानीमा पिना दुई भाग र हड्डीको एक भाग मिसाएर छर्कनुपर्छ, यसले बिरुवाको खानाको रुपमा काम गर्छ । यसले गर्दा धेरै फूल फुल्न मद्दत गर्छ ।

त्यस्तै जराको लागि नाइट्रोजन, पोटासियम र फस्फोरसको मिश्रण जरामा छर्कनुपर्छ । एक लिटर पानीमा यसलाई दुई एमएल राखेर बोटको जरा १५ दिनको एकपटक छर्कने गर्नुपर्छ, जसले जरालाई बलियो बनाउँछ ।

पेटुनियालाई रोपेपछि थोरै पानी दिंदा हुन्छ । दिनको एकपटक मात्र पानी दिए पुग्छ । यो बाह्रै महिना फुल्ने फूल भएपनि वर्षायाममा भने पानीबाट जोगाउनुपर्छ । पानी धेरै भएमा यो फूल सुकेर जान्छ ।

पेटुनियालाई बीउ विजन गरेर र कटिङ गरेर रोप्न सकिन्छ ।

कति मूल्य पर्छ ?

सामान्यतः नर्सरीहरुमा एउटा बोटको ४० रुपैयाँ पर्छ । ह्यांगिङ गमलासहित ३५० रुपैयाँ हाराहारीमा पर्छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घर–घर धाएर विद्यार्थी बटुल्छन् शिक्षक
अमेरिकामा मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी पत्नी सिर्जना
आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.