• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

 लक्की बेम्बो 

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

अहिले घर, बगैंचा र कोठामा लक्की बेम्बो सजाउने प्रचलन बढेको छ । यसले कोठाको सौन्दर्य त बढाउँछ नै, घरमा सुख र समृद्धि भित्र्याउने विश्वास समेत गरिन्छ ।

Advertisement

लक्की बेम्बोलाई पानीमा मात्र र माटो दुवैमा रोप्न सकिन्छ । शुद्ध पानी मात्र राखेर भासमा यसलाई रोप्न सकिन्छ । साथै कोकोपिड, माटो र कम्पोस्ट मल मिसाएर गमला तथा बगैंचामा यसलाई रोप्न सकिने जय किसान नर्सरीका सञ्चालक दिलीप बादे बताउँछन् ।

कसरी रोप्ने ?

घरभित्र टेबलमा सजाएर राख्ने हो भने पानीमा रोप्न सकिन्छ । यसो गर्दा बिरुवा राम्ररी झाँगिंदैन । बिरुवालाई अलि धेरै झाँग बनाउने हो भने माटोमा रोप्न सकिन्छ ।

यसको बिरुवा नेपालमा पाइँदैन बाहिर देशबाट ल्याइएको हो । यो राम्ररी हुक्री सकेपछि कटिङबाट यसलाई सार्न सकिन्छ ।

हुन त यो धेरै प्रजातिको हुन्छ । तर चार प्रजातिको नेपालमा आउँछ । ‘स्पाइनल लक्की बेम्बो’माथि घुमेको, एउटा होचो बन्चमा आउँछ, एउटा प्रजाति एउटा-एउटा बोटमा आउँछ र अर्को मोटो ढाड र पातलो डाँठ भएको लक्की बेम्बो । यसको आकार र साइज भने फरक हुन्छ ।

कस्तो भास वा गमला चाहिन्छ ?

सानो आकारको लक्की बेम्बोको लागि कचौरा आकारको भास राम्रो हुन्छ । अग्लो छ भने सुरिलो आकारको भास चाहिन्छ । माटोमा रोप्ने हो भने ४-५ इन्चदेखि ७-८ इन्चको गमलामा रोप्न सकिन्छ ।

यसलाई माटोमा लगाइयो भने आठ फिटसम्म अग्लो पनि हुन सक्छ । टेबलमा राख्नको लागि भासमा राख्दा भने यसलाई कटिङ गरिरहनुपर्छ ।

घरको कुन दिशा वा कस्तो ठाउँमा राख्नु उचित ?

भासमा राखिएको लक्की बेम्बोलाई वास्तु भन्दा पनि काम गर्ने टेबलमा राख्ने गरिन्छ । गमलामा रोप्ने हो भने त इच्छा अनुसार जहाँ पनि राख्न सकियो । सिधा घाम नपर्ने ठाउँमा यसलाई राख्नुपर्छ ।

पानी कि माटोमा राख्नु राम्रो ?

पानीमा राख्दा यो आकर्षक देखिन्छ तर यसलाई माटोमा रोप्नु राम्रो हो । पानीमा रोप्दा एकदेखि दुई वर्षमा यो मर्छ तर माटोमा रोप्दा लामो समयसम्म बाँच्छ ।

लक्की बेम्बोलाई माटोमा रोपिएको छ भने महिनामा एकपटक कम्पोस्ट मल हाल्नुपर्छ । जाडो महिनामा १५ दिनमा एकपटक मात्र पानी हाले पुग्छ भने गर्मीमा हप्तामा एकपटक पानी हाल्नुपर्छ । भासमा राखिएको छ भने हप्तामा एकपटक पानी फेर्नुपर्छ ।

बिरुवाको मूल्य कति, डिजाइन कस्तो ?

लक्की बेम्बोको बिरुवाको मूल्य एउटा बोटको १०० रुपैयाँदेखि बन्चमा किन्दा १२ सय रुपैयाँसम्म पर्छ । लक्की बेम्बोलाई आकर्षक डिजाइनमा तयार गर्न धेरै बोट राखेर ठूलो बन्च बनाउनुपर्छ । यसलाई आकर्षक बनाउन रंगीन धागो रिबनले बाँध्न सकिन्छ ।

कसरी स्याहारसुसार गर्ने ?

– लक्की बेम्बोलाई पानीमा राख्ने हो भने पानीलाई फोहोर हुन दिनुहुँदैन । पानी फोहोर भयो भने डाँठहरू कुहिन्छ ।

– एक-एक हप्तामा पानी फेर्नुपर्छ । टेबलको पानी राख्नु हुन्न खानेपानी राख्नुपर्छ ।

– त्यसको पातमा र डाँठमा धुलो लागेको छ भनेको बेलाबेलामा पुछ्नुपर्छ । पुछ्दा भिजेको नरम कपडाले पुछ्नुपर्छ ।

– सिधा घाम नपर्ने तर उज्यालो ठाउँमा यसलाई राख्नुपर्छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

घर–घर धाएर विद्यार्थी बटुल्छन् शिक्षक
अमेरिकामा मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी पत्नी सिर्जना
आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.