• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिले नै क्रियाशील सदस्यता नवीकरण गरेनन् (विचार)

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । प्रजातन्त्रको प्राप्ति तथा पुनःप्राप्तिमा सबैभन्दा ठूलो भूमिका यही पार्टीको छ । देशमा जहानियाँ राणा शासन अन्त्य गर्न मात्रै होइन, निरंकुशताविरुद्धको आन्दोलन र लामो गृहयुद्ध अन्त्य गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पु¥याउन पनि नेपाली कांग्रेसको नेतृत्वको भूमिका अग्रणी रह्यो ।

Advertisement

नेपाली कांग्रेसको सहमति, सहकार्य र एकताको नीतिले देशमा राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, पछिल्लो समय यो पार्टी आफ्नै कारणले ओरालो बाटोमा लागिरहेको छ । कांग्रेसजस्तो लोकतन्त्रवादी भनिने पार्टी सुध्रिदैन भने लोकतन्त्र पनि धरापमा पर्छ ।

कहिल्यै पनि पुरानो नहुने लोकतन्त्र, समाजवाद र राष्ट्रियता कांग्रेसको सिद्धान्त छ । लोकतन्त्र रहेसम्म यी तीन सिद्धान्त रहन्छन् । कहिल्यै पुरानो नहुने सिद्धान्त अँगाले पनि त्यसको लाभ कांग्रेसले प्राप्त गर्न सकेको छैन । यस विचारलाई काट्ने अर्को विचार आएको पनि छैन ।

सिद्धान्तको रटान जतिसुकै लगाए पनि कांग्रेस आफैँभित्र लोकतन्त्रको अभ्यास छैन । कांग्रेसभित्र इमानको पालना, नैतिकताको ख्याल गरिएकै छैन । यही खडेरीले गर्दा नै नेपाली कांग्रेस अधोगतितिर झरिरहेको छ । पार्टी हितका लागि भनेर गरिएका सहमति लत्याएर ‘खोला तर्‍यो, लौरो बिर्सियो’को व्यवहार देखाउनेहरूले गर्दा पार्टीका लागि दिलोज्यान दिएर लाग्नेहरू आज निराश छन् ।

पार्टी हितका लागि कहिलेकाहिँ सहमति गर्नुपर्छ, सम्झौता गर्नुपर्छ । सामुहिक हितका लागि व्यक्तिगत हितहरू त्याग्न सक्नुपर्छ, त्याग्नुपर्छ । तर, यहाँ त आफ्नो स्वार्थको लागि जे पनि सहमति गरिदिने अनि स्वार्थ पूरा भएपछि सहमतिको धज्जी उडाउने, हिजो केही सहमति नै भएको थिएन भने झैँ गरिदिने प्रवृत्ति हावी छ । पार्टीका लागि यो प्रवृत्ति ज्यादै घातक छ ।

प्रसंग स्थानीय निर्वाचनको हो । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ यसअघि नेपाली कांग्रेसले हारेको थियो । गठबन्धनबाट चुनाव लडिए पनि यो वडा नेपाली कांग्रेसकै भागमा पर्ने भएकोले सबै एकजुट भएर चुनाव जित्ने लक्ष्यका साथ सबैको साथ समर्थनमा ‘एकल उम्मेदवार’ तय गर्ने सरसल्लाह भयो । त्यसका लागि सबैले ज्यादै मेहनत गर्‍यौँ । पर्टीको हित नै हाम्रा लागि सर्वोपरी थियो ।

वडा नम्बर २ मा एकल उम्मेदवार खडा गरी वडाध्यक्षसँगै वडा सदस्यका सबै उम्मेदवारसमेतलाई अत्यधिक मतले विजयी गराउन सबै एकताबद्ध भएर लागेका थियौँ । त्यसबेलाका पार्टी वडा सभापति मनोज रानाभाटलाई नै वडा नम्बर २ को एकल उम्मेदवार कायम गर्ने प्रयास स्वरूप सबै मिलेर गरेको प्रयत्नअनुसार ‘एक व्यक्ति–एक पद’ को सिद्धान्तसमेतलाई मान्ने निर्णय भएको थियो । जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, महासमिति सदस्य राजकुमार राजभण्डारी, वडा नम्बर २ का निवर्तमान सभापति चामुनारायण श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि आनन्द राउतलगायत सहभागी भएको बैठकले सभापति रानाभाटले आफ्नो पदबाट राजीनामा दिने र वडाध्यक्ष बन्न आकांक्षा देखाएका अशोक पोखरेललाई सभापति बनाउने सहमति भएको थियो ।

यही सहमतिअनुरूप नै रानाभाटले पार्टी सभापति पदबाट राजीनाम दिएर वडाध्यक्षको टिकट लिएका थिए । उनले आफ्नो पदमा पोखरेललाई आसीन गराउन उनलाई वडा समिति सदस्यमा मनोनयन गरी पार्टी सभापति उनैलाई मान्ने लिखित सहमति नै गरेका हुन् । त्यति मात्रै हो र ? रानाभाटले यही सहमतिअनुसार राजीनामा पत्र बुझाएपछि जिल्ला पार्टी सभापति राजेश्वर खनालले पनि यही सहमतिअनुसार नेता पोखरेललाई वडा सभापति नियुक्त गरेको पत्र थमाएका थिए ।

यी सबै सहमति र प्रक्रिया पूरा भएपछि नेपाली कांग्रेस वडा नम्बर २ एकढिक्का भएको हो । सहमतिअनुसारै एकल उम्मेदवार कायम गरेर सबै लागिमिली गरी चुनाव जिताएकै हो । पार्टीको हितलाई सर्वोपरी ठानी यो प्रक्रियामा सबैभन्दा बढी खटिएको थिएँ । यही बाटो नै उपयुक्त हो भनी मलगायतले वकालत गरेका हौँ ।

जुनसुकै हिसाबले पनि यसरी जाँदा पार्टीभित्र सहमति, सहकार्य र एकता कायम हुने थियो । तर, यतिका मुख्य नेताहरू मिलेर गरेको सहमति पनि कार्यान्वयन भएन भने यो पार्टीभित्र कुन खाले लोकतन्त्र बाँकी रहला ?

हाम्रो भनाइ पार्टीको हितका लागि भनी गरिएका सहमति कार्यान्वयन हुनुपर्छ । तर, चुनाव जितेपछि ती कार्यान्वयन भएनन् । अहिले पनि वडा नम्बर २ को पार्टी सभापतिको रूपमा मनोज रानाभाट नै छन् जो स्थानीय तह निर्वाचनबाट त्यस वडाको वडाध्यक्षमा निर्वाचित भए । अशोक पोखरेलले वडा सभापति पाउने भएपछि वडाध्यक्षको दाबी त्यागेका थिए । उनले पटक–पटक पार्टीहितका लागि भन्दै यो पदको दाबी त्याग्दै आएका छन् ।

यसरी लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्र र नैतिकता बाँकी नरहने हो भने लाखौँ जनताले यो पार्टीलाई विश्वास गरिरहनुपर्ने कारण नै के रहन्छ र । दशकौँदेखि रगत पसिना मिसिएको यो पार्टी छोडेर बाहिर जान त सकिँदैन तर सहमति र नैतिकतका धज्जी उडाउने व्यवहार परिवर्तन नभएसम्म क्रियाशील सदस्यता नवीकरण गरेर अनैतिक कामको समर्थन गर्न पनि सकिन्न ।

अतः जबसम्म स्थानीय निर्वाचनको मुखमा गरिएका सहमतिहरू अक्षरसः पालना हुँदैनन् तबसम्म क्रियाशील सदस्यता नवीकरण गर्न सच्चा कार्यकर्तामा उत्साह आउँदैन । कार्यकर्तामा उत्साह भर्ने काम नेताको हो । नेताको नैतिकता र इमानले नै पार्टी बलियो हुने हो ।

(लेखक श्रेष्ठ नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दल चितवनका निवर्तमान अध्यक्ष हुन् ।)

शनिबार, भदौ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अहिलेको राजनितिक बजारमा विपिपथ र शसांक
‘शेरबहादुर दाइ टिकट माग्न म काठमाडौँ आउँदिन’
म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.