• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, मङि्सर ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पेलेको सम्मानमा सडकको नाम राखियो ‘किंग पेले मार्ग’

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

ब्राजिलको रियो द जनेरियोस्थित माराकाना रंगशाला नजिक रहेको सडकको नाम फेरेर ‘किङ पेले मार्ग’ बनाइएको छ।

Advertisement

फुटबलका महान् खेलाडी पेलेकोको सम्मानमा सडकको नाम परिवर्तन गरिएको हो।

पेले मार्ग नाम परिवर्तन भएसँगै फोटो खिचाउन स्थानीय तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

किङ पेले मार्ग माराकाना रंगशालादेखि एक दशमलव चार किलो मिटरसम्म रहेको छ।

सहरका मेयर एडुआर्डो पेसले ८२ वर्षको उमेरमा निधन भएका ब्राजिल आइकनको सम्मानमा रियो दि जेनेरियोको पौराणिक माराकाना स्टेडियम जाने सडकको नाम परिवर्तन गरिएको जानकारी दिएका छन्।

यसअघि यो सडकलाई एभेनिडा रेडियल ओस्टे (वेस्ट रेडियल) भनेर चिनिन्थ्यो।

माराकाना रंगशाला विश्वको सबैभन्दा प्रसिद्ध फुटबल स्टेडियमहरू मध्ये एक हो। यहाँ सन् १९५० र २०१४ मा दुई वटा विश्वकप फाइनल खेल आयोजना भएका थिए।

यो रंगशाला पत्रकार मारियो फिल्होको नाममा राखिएको थियो। जसले यसलाई सन् १९४०  पुन: निर्माणको लागि अभियान चलाएका थिए। यसअघि पनि मैदानको नाम पेलेको नाममा राख्नुपर्ने आह्वान गरिएको थियो।

यो सँगै ब्राजिलको माराकाना स्टेडियमको नाम पनि देशको फुटबल लिजेन्ड पेलेको नाममा राखिने भएको छ। यसका लागि रियो दि जेनेरियो राज्यको विधानसभाले मंगलबार यो रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो – रे पेले स्टेडियममा परिवर्तन गर्न मतदान गरेको थियो।

८० वर्षीय पेले, जसको पूरा नाम एडसन एरान्टेस डो नासिमेन्टो हो, उनले ब्राजिलका लागि धेरै पटक यहीँ स्टेडियममा खेलेका थिए र त्यहाँ सन् १९६९ मा स्थानीय क्लब भास्को दा गामा विरूद्ध सान्तोसका लागि आफ्नो १,००० औं गोल पनि यही रंगशालामा पुरा गरेका थिए।

तीन पटकका फिफा विश्वकप विजेता पेलेको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो।

शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.