• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सन्दीपको मुद्दामा ४ घण्टाबढी बहस तर अर्थहीन, अर्को पेशी २४ वैशाखमा

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम वहश सोमबार सुरु भयो। न्यायाधिश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टाबढी बहस गरीसकेका थिए। न्यायधिशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखेर निरन्तरता दिनु पर्ने हुन्छ तर न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दा हेर्दैमा नराखेपछि आज दिनभर भएका बहस अर्थहीन भएका छन्।

Advertisement

न्यायाधिश ढकालले सुरुवातमा मुद्दा हेर्दाहेर्दैमा राख्न सक्ने संकेत गरेका थिए। तर अन्तमा उनले माइन्ड चेन्ज गर्दे हेर्न नभ्याइने आदेश गरे। जसका कारण अब पुन अदालतले इजालास तोक्नु पर्ने छ। यसको अर्थ अन्य न्यायाधिशको इजालासमा पनि उनको मुद्दा पर्न सक्ने छ। जसका कारण सोमबार भएका वहस अर्थहीन भएका हुन्। अव सन्दीपको मुद्दामा पुन २४ गतेका लागि पेशी तोकिएको छ। सरकारी पक्षबाट नारायण चौंलगाँई, लेखनाथ भट्टराई, सरकारी वकिल लगायतले बहस गरिसकेका थिए।

तर सोमबार दिनभरको वहस अर्थहीन भएको हो। सन्दीपका वकिल सरोजकृष्ण घिमीरे भन्छन ‘आज दिनभर वहस भयो। वहसपछि मुद्दा हेर्दा हेर्दैमा राख्नने मनस्थितिमानै न्यायाधिश ज्यु हुनुहुन्थ्यो तर उहाँले अन्तिममा समय अभावका कारण हेर्न नभ्याइनेमा राख्दिनु भयो।’ उनले आज दिनभर भएको वहसको अर्थ नभएको बताए। घिमीरेले भने ‘आज ३,४ घन्टा भएको वहसको अव अर्थ छैन्। पुन अर्को इजालासमा सुरुवातबाटै बहस हुने छ।’

बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साँक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। ६ वैशाखमा अदालतले पिडीत भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।

यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पटक(पटक पेशी भएपनि अन्तिम किनारा लाग्न सकेको छैन्।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाईमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो। सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.