राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि २ खेल हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा एक एक खेल हुने छन् । ९ बजेदेखि खेल सुरुहुने छ ।
Advertisement
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ । समूह एमा रहेका यी दुवै टिम सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यो समूहबाट नेपाल १ खेल अगावै सेमिफाइनल पुगिसकेकाले आजको विजेता सेमिफाइनल पुग्ने छ । ओमान ४ तथा साउदी ३ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।
मलेसिया ४ अंकसहति दोस्रो स्थानमा रहे पनि आजको नतिजा पछि मलेसिया पनि प्रतियोगिताबाट बाहिर हुने छ । यस्तै मूलपानी मैदानमा युएई र बहराइन आमने सामने हुन लागेका छन् । सेमिफाइनल पुग्न दुवै टिमलाई जित आवश्यक रहेको छ ।
युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने छ ।
तपाईको प्रतिक्रिया