• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

टाइफाइड विरुद्धको खोप ७५ लाख बालबालिकालाई लगाउने

  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

२२ चैत- काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिनुभयो ।

Advertisement

उहाँले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताउनुभयो । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको छ । नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ ।

शाखा प्रमुख दाहालले विगत पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिने गरेको बताउनुभयो । उहाँका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ टाइफाइडका विरामी रहेको अनुमान गरिएको थियो । यसकोे सङ्क्रमण सबै उमेर समूहमा देखिएपनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ ।
टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ ।

मासुभित्र दिइने टाइफाइडको खोपले वयस्क र बालबालिकामा दीर्घकालिन रोग प्रतिरोधात्मक क्षमता राख्दछ । खोपको माध्यमबाट गरिने रोकथाम रोगसँग लड्नका लागि सबैभन्दा प्रभावकारी माध्यम हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरसफाइ र खोपको अभियानबाट टाइफाइडलाई रोकथाम गरिने बताउनुभयो । नेपालमा एक अध्ययनअनुसार प्रतिएक लाखमा एक हजार ६२ जनामा टाइफाइड भएको देखिएको छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले खोप विभिन्न देशमा ‘क्लिनिकल ट्रायल’ पछि नेपालमा प्रयोग गर्न थालिएको, ८५ प्रतिशत प्रभावकारी रहेको र एक मात्रा लगाएपछि अर्को मात्रा लगाउन नपर्ने बताउनुभयो । नेपालमा बालबालिकालाई दिन थालिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको र विश्वको धेरै देशमा प्रयोग भइसकेको खोप हो । यो खोप सुुरक्षित र प्रभावकारी रहेको बताइएको छ । खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर देखिएपनि अन्य कुनै असर नपर्ने भएकाले ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन विभागले अभिभावकसँग आग्रह गरेको छ ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एचएको नतिजामा नारायणघाटको बालकुमारी कजेल बाग्मती प्रदेशमै दोस्रो
चितवनमा गरियो कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स सोसाईटीको वार्षिक सम्मेलन
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार दिने हेण्ड् अन वर्कसप

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.