• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका पराजित, अफ्रिकाको सेमिफाइनल पुग्ने झिनो सम्भावना

  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

भरतपुर, २० कात्तिक ।

Advertisement

आइसीसी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सको हातबाट लज्जास्पद हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्ड्सले अफ्रिकी‌ टोलीलाई १३ रनले हराएको हो ।

नेदरल्याण्ड्सले दिएको १५९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अफ्रिकी टोलीले निर्धारित २० ओभरमा ८‌ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । जारी प्रतियोगितामा दमदार लयमा देखिएका अफ्रिकी ब्याट्सम्यानद्वय क्विनटन डि कक र रिली रुसोले नेदरल्याण्ड्स विरुद्ध सोचेअनुसारको सुरुवात दिलाउन सकेनन् ।

डि कक १३ रनमा आउट हुँदा रुसो २५ रनको स्कोरमा पेभिलियन फर्किए । कप्तान टेम्बा बाभुमाले २० रन जोड्दा हेनरिच क्लासनले २१ रन मात्र बनाउन सके । बलिङमा भने डच टोलीका ब्रान्डन ग्लोभरले सर्वाधिक ३ विकेट चट्काए । त्यस्तै फ्रेड क्लासन र बास डि लिडले २-२ तथा पाउल भान मिकिरनले १ विकेट लिए ।

यसअघि अडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५८ रनको स्कोर खडा गरेको थियो । उसका लागि प्लेयर अफ दि म्याच घोषित भएका कोलिन एकरमानले ४१ रनको अविजित पारी खेले । त्यस्तै टम कुपरको ३५ तथा स्टेफन माइबर्गको ३७ रनको पारीले नेदरल्याण्ड्सलाई बलियो सुरुवात दिएको थियो ।

२९ रनको व्यक्तिगत स्कोरमा आउट भएका म्याक्स ओ डाउडले अर्का ओपनर माइबर्गसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । बलिङमा भने दक्षिण अफ्रिकाका केशव महाराजले २ तथा एनरिच नोकिया र एडिएन माकरमले १-१ विकेट लिए ।

हारपछि दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा कठिन मोडमा पुगेको छ । दक्षिण अफ्रिकाको हारपछि सुपर १२ को समूह २ बाट भारतले सेमिफाइनल खेल्ने निश्चित भएको छ ।

५ खेलबाट ५ अंक मात्र जोडेको दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सम्भावना पाकिस्तानले बंगलादेश विरुद्ध गर्ने प्रदर्शनमा टिकेको छ । पाकिस्तान बंगलादेशसँग पराजित भए दक्षिण अफ्रिका अन्तिम ४ मा पुग्नेछ भने विपरीत नतिजा आएमा पाकिस्तान सेमिफाइनल प्रवेश गर्नेछ ।

आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्सकर्मीबीच चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद संघमा सुजन नेपालको नेतृत्व
तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता भरतपुरमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.