• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पोषणविद्लाई प्रश्न : खानपानमा कटौती गरे मोटोपन नियन्त्रण हुन्छ ?

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

तौल बढ्दा शरीर भद्दा देखिने त छँदैछ । यसले स्वास्थ्यमा निकै समस्या ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको जोखिम बढ्छ । त्यसैले अहिले शरीरको तौल नियन्त्रण गर्नु ठूलो चुनौती बनेको छ ।

Advertisement

आफ्नो तौललाई नियन्त्रणमा राख्न विभिन्न डाइट प्लान र फास्टिङ गर्नेहरु बढेका छन् । तर के खानपान कटौतीले मोटोपन नियन्त्रणमा राख्न सकिन्छ ? मोटोपन बढ्नुको मुख्य कारण के हो ? यिनै विषयमा पोषणविद् वर्षा भट्टराईसँग गरिएको कुराकानी :

मोटोपन बढ्नुमा खानपान नै मुख्य कारक हो ?

मोटोपन बढ्नुमा खानपान नै मुख्य कारक हो । खानपानसँगै जीवनशैलीको पनि भूमिका यसमा हुन्छ । शरीरलाई चाहिनेभन्दा बढी खाना खाने अनि शारीरिक रूपमा सक्रिय नहुने व्यक्तिमा मोटोपन बढ्ने हो । हाम्रो दैनिक क्रियाकलापको लागि खानपान चाहिन्छ । तर शरीरलाई चाहिनेभन्दा बढी खाना खाँदा त्यो खाना बोसो भएर जम्छ र मोटोपनको समस्या हुन्छ ।

कस्तो खानाले मोटोपन बढ्छ ?

बजारमा पाइने जंकफुड प्याकेट फुड मात्र होइन, घरमै बनेका खाना पनि आवश्यकता भन्दा बढी खाँदा तौल बढ्ने नै भयो । तर आजभोलि मानिसहरूमा अल्छीपन बढेको छ धेरै समय मेहनत खर्च गरेर खाना बनाउनुभन्दा फास्टफुड ल्यायो खायो । तारेको, भुटेको खानाको स्वाद मीठो हुने भयो त्यसैले पनि यस्ता खानाप्रति मानिसहरूको आकर्षण बढेको छ । जसले मोटोपनको समस्या बढिरहेको छ ।

यस्तो खानपान हुन्छ, जसले मोटोपन नियन्त्रण गर्न सकियोस् ?

सबै प्रकारका खानेकुरा मात्रा मिलाएर खाइयो भने मोटोपन नियन्त्रण हुन्छ । कार्बोहाइड्रेट, खनिज, प्रोटिन, भिटामिन, फ्याट, मिनरल्स र सूक्ष्म पोषकतत्त्व शरीरलाई जरुरी हुन्छ । यी सबै पोषकतत्त्व पाइने खाना मात्रा मिलाएर खाइयो भने तौल नियन्त्रण हुन्छ ।

नेपाली खाना एकदमै सन्तुलित र पोषकतत्त्वले भरिपूर्ण हुन्छ । मोटोपन नियन्त्रण गर्न चाहिरहेका व्यक्तिले भात चाहिं चटक्कै खान छोड्छन् । मैले त भात खाएको छैन म दुब्लाउँछु भन्छन् । तर मोटोपन घटाउने यो सही तरिका होइन ।

भात चटक्कै खान छोड्ने भन्दा पनि भात थोरै खाने र सलाद हरियो तरकारी धेरै खाने गर्नुपर्छ । भात, दाल, तरकारी, माछा मासु, सलाद सबै यसरी मात्रा मिलाएर दैनिक सेवन गर्दा मोटोपन नियन्त्रण हुन्छ ।

प्रायः मान्छेले मोटोपन घटाउने चक्करमा खानाको मात्रा नै कम गर्छ नि, यो तरिका कति उचित हो ?

खाना खाएर म धेरै मोटाएँ भनेर खाना नखाएर सुप मात्र खाएर बसेको पनि देखिन्छ । हाम्रो शरीरमा फ्याट, मांसपेशी, पानी, हड्डी सबैको तौल हुन्छ । त्यसैले सबैलाई सन्तुलित राख्नुपर्छ । खाना छोडेर सुप मात्र सधैं खाएर त सकिंदैन । कुनै न कुनै बेला त खाना खाइन्छ । भात खान छोड्दैमा त्यो खानै मन नलाग्ने त होइन झन् त्यो खान पाए हुन्थ्यो जस्तो लाग्छ र एकै पटक धेरै भात खाइन्छ । यसरी त तौल नियन्त्रण हुँदैन । त्यसैले खाना चटक्कै छोड्ने भन्दा पनि कम गर्नु उचित हुन्छ ।

यहाँ मोटोपन मात्र होइन, दुब्लोपन पनि समस्या भएको छ । दुब्लोपन हुनुमा खानपानको भूमिका छ ?

दुब्लोपन हुनुमा खानपानको भूमिका हुन्छ । तर सबै दुब्लोपनको कारण खानपान मात्र नहुन सक्छ । कुनै स्वास्थ्य समस्याको कारण दुब्लोपन हुन सक्छ । कुनै पनि स्वास्थ्य समस्या छैन खाना नरुचेर दुब्लोपन भएको छ भने त्यो चाहिं खानपान मिलाएर मोटाउन सकिन्छ ।

खानपान नमिलेर वा नपुगेर दुब्लोपन भएकालाई क्यालोरी बढी भएको खाना दिनुपर्छ । क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाँदा दुब्लोपनबाट छुटकारा पाइन्छ ।

आयुर्वेदमा खानालाई औषधि भनिएको छ, कस्तो खाना, कसरी खाँदा त्यो औषधि समान हुन्छ ?

खाना वास्तवमा औषधि पनि हो । जसरी हामी डाक्टरले दिएको औषधि मात्रा मिलाएर समयमा खान्छौं । खानेकुरा पनि मात्रा मिलाएर खाने हो भने औषधि जस्तै हुन्छ ।

बजारमा पाइने स्वादिला खानेकुराले विभिन्न स्वास्थ्य समस्या निम्ताएको छ । त्यसैले बजारको खानेकुरालाई कम गरेर घरमै बनेका ताजा खानेकुरालाई हामीले प्राथमिकतामा राख्यौं भने विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । खाना नै हाम्रो औषधि हुन्छ । खानासँगै शारीरिक रूपमा पनि सक्रिय हुन जरुरी छ । स्वास्थ्य खानपान र स्वास्थ्य जीवनशैलीले हामीलाई धेरै रोगबाट बचाउँछ ।

बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एचएको नतिजामा नारायणघाटको बालकुमारी कजेल बाग्मती प्रदेशमै दोस्रो
चितवनमा गरियो कन्जरभेटिभ डेन्टिस्ट्री एण्ड एन्डोडोन्टिक्स सोसाईटीको वार्षिक सम्मेलन
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार दिने हेण्ड् अन वर्कसप

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.