• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

वर्ष २०७९ : ‘कबड्डी–४’ काे सबैभन्दा धेरै बिक्याे, ‘शिवानी’ चलचित्रको ५ वटा मात्रै टिकट बिक्री

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी १ सय ३५ चलचित्र प्रदर्शन भएका छन् ।

Advertisement

यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार ‘सिवानी’ चलचित्रको पाँच टिकट मात्र बिक्री भएको छ । त्यसबापतकाे चलचित्रको कमाइ पाँच सय २० रुपैयाँ भएको छ ।

‘रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा तीन हजार पाँच सय ९६ रुपैयाँ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएबापत चार हजार आठ सय ३२ रुपैयाँ, ‘चोर र पुलिस’ चलचित्रको एक सय चार वटा टिकट बिक्रीबाट १८ हजार सात सय २५ रुपैयाँ कमाइ भएको छ ।

त्यसैगरी ‘सरी मम’ चलचित्रको एक सय १२ टिकट बिक्री हुँदा २३ हजार सात सय ५२ रुपैयाँ, ‘आँधी तुफान’ चलचित्रको एक सय ४५ टिकट बिक्री भएबापत २८ हजार चार सय ३९ रुपैयाँ, ‘स्वार्ड आर्ट अनलाइन’ चलचित्रको तीन सय छ टिकट बिक्री भएबापत एक लाख ३० हजार ३० रुपैयाँको ग्रस कलेक्सन भएको छ।

उल्लिखित चलचित्रमा नेपालीसँगै भोजपुरी र विदेशी चलचित्रसमेत छन् । यो वर्ष केही आश गरिएका चलचित्रले दर्शकसँगै बक्स अफिसमा निराश अङ्क ल्याएको छ । बेलायतमा तयार गरिएको चलचित्र ‘गोर्खा : बीनिथ द ब्रेभरी’ को तीन सय ९० टिकट मात्र बिक्री भएको छ । जसबाट चलचित्रले व्यापार एक लाख ४३ हजार तीन सय ७३ रुपैयाँको कमाइ गरेको छ।

चलचित्र ‘षट्कोण’ ले पनि राम्रो व्यापार गर्न सकेन । कार्म, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको पाँच सय ४८ टिकट मात्र बिक्री भयो । त्यस बापत चलचित्रको ग्रस कमाइ दुई लाख १७ हजार तीन सय २५ रुपैयाँ छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको र गएकाे वैशाख २३ मा प्रदर्शन भएको चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गर्नुभएको छ ।

सुवर्ण थापाले निर्देशन गर्नुभएको चलचित्र ‘म’ ले निकै कमजोर व्यापार गर्यो । चलचित्रसम्बन्धी अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाइलीलगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको बोर्डले सार्वजनिक गरेको विवरणमा नौ सय ३७ टिकट बिक्री भएबापत दुई लाख ९० हजार आठ सय ४९ रुपैयाँको ग्रस कमाइ छ ।

गएकाे चैत १७ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमा’ सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा थियो । गोविन्दसिंह भण्डारीले निर्देशन गर्नुभएको चलचित्रमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ, अरुण क्षेत्रीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यद्यपि चलचित्रको तीन सय ५१ टिकट मात्र बिक्री भयो । त्यसबापत चलचित्रको कमाइ एक लाख १० हजार सात सय ७३ रुपैयाँ छ ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले सर्वाधिक बढी कमाइ गर्ने रेकर्ड बनाएको छ । ‘कबड्डी’ कै शृङ्खलाको रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४: द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ रुपैयाँ ग्रस व्यापार भएको छ । नेपाली चलचित्रमा यो अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने चलचित्र हो ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । रासस

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.