• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चलचित्र ‘बुलाकी’ ले प्रिमियर शोमा पायो प्रशंसा

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ ले प्रिमियरमा प्रशंसा पाएको छ ।

Advertisement

बुधबार साँझ आयोजित प्रिमियर शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले ‘बुलाकी’ को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले चलचित्रलाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, चलचित्रले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् । चलचित्र हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको बताए ।

चलचित्र हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि चलचित्रलाई लाई उत्कृष्ट बनेको बताए । अभिनेत्री नीता ढुंगानाले चलचित्र हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । साथै अभिनेता हरिहर अधिकारीले नेपाली चलचित्रमा मौलिक कथा भन्न आवश्यक रहेको बताए ।

अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि चलचित्रले पुरा समय बाँधेर राखेको सुनाए । चलचित्रमा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । चलचित्र क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ ।

अभिनेत्री सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । डेव्यु अभिनेता विराज विष्टको अभिनयले पनि चलचित्रमा दर्शकलाई फरक अनुभुती गराउँछ । डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको बताए ।

चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइको अभिनय रहेको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको यो चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.