भरतपुर, १९ जेठ ।
Advertisement
गायक शिरीष देवकोटाको स्वरमा रहेको “कहाँ हो तिम्रो मावल ?” बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो बुधबार साँझ गायिका ऋतु कँडेलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रोइला भाकाको उक्त गीतमा महिलाको स्वर उनै गायिका कँडेलले दिएकी हुन् । गीतमा संगीत तथा शब्द भने गायक स्वयम् देवकोटाको रहेको छ । गीतको एरेन्ज कृष्ण बिकेले गरेका हुन् भने मिक्सिङको भूमिका कुमार रानाले निभाएका छन् ।
करिब ९ मिनेट लामो गीति भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन भने कजिस श्रेष्ठले गरेका हुन् ।
भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :
तपाईको प्रतिक्रिया