• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

‘छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा बनाउने जोखिम 

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । दीपकराज गिरीको शीर्ष भूमिका रहेको फिल्मको केन्द्रीय कथावस्तुले राजनीति वरपर फन्को मार्छ ।

Advertisement

अघिल्ला तीन सिरिज समाज, वैदेशिक रोजगारी, विवाह र सम्बन्धको कथावस्तुमा केन्द्रित भएपनि चौथो श्रृंखलासम्म आइपुग्दा दर्शकले राजनीतिक विषयवस्तुमा ताजापन महसुस गर्ने निर्माता तथा अभिनेता गिरी बताउँछन् ।

गिरीले पछिल्लोे पुस्ताले फिल्म रुचाउने बताएका छन् । नेपाली फिल्मको प्रचार शैली बदल्नुपर्ने जरुरी रहेको बताउँदै उनले अब सामाजिक सञ्जालको प्लेटफर्मलाई प्रयोग गरेर मात्र दर्शकसामु पहुँच पुर्‍याउनुपर्ने धारणा राखे । रिलिजको पूर्वसन्ध्यामा गिरीले अनलाइखबरसँग गरेको कुराकानीको सम्पादित अंश :

अघिल्ला श्रृंखलाभन्दा चौथो भाग कुन अर्थमा भिन्न छ ?

सबै पात्रहरु एउटै हुन् हाम्रा । एक र दुईमा भिन्न थिए । दुई र तीनमा भिन्न थिए । चारमा त पूरै भिन्न छ । शतप्रतिशत यो पोलिटिकल ड्रामा हो । सुरुदेखि अन्त्यसम्म तपाईंले यसमा नेपालको राजनीति देख्नुहुन्छ । हामीलाई लगाइने आरोप चाहिं के हो भने यसमा राजा राजै छ, माग्ने माग्ने छ । पात्र एउटै भएकाले कतिपयले फिल्म एउटै हो भन्ने भन्ठान्छन् । भिन्न–भिन्न सिरिजको भिन्न तरिका हुन्छ । उदाहरणका लागि ‘कबड्डी’को पात्र पनि उही र कथा पनि उही । कथा काजीको विवाह । हाम्रो चाहिं पात्र उही तर घटनाक्रम फरक । हाम्रो चलचित्रको मूल द्वन्द्व नै फरक छ ।

समग्रमा राजनीतिप्रति दर्शकीय वितृष्णा देखिन्छ । चौथो भागको कथावस्तु राजनीति वरपर घुमेको छ । फिल्मसँग दर्शकले कसरी अपनत्व महसुस गर्लान् ?

हाम्रो काम भनेको समाजमा जस्तो छ त्यो चीज देखाइदिने हो । भइरहेको चीजलाई देखाइदिएपछि मान्छेले रिलेट गरुन् भन्ने हाम्रो अपेक्षा हो । हाम्रो काम भनेको समाधान दिने होइन । हाम्रो काम भनेको देशको अवस्था यो छ, यो कारणले समस्या छ भन्ने दर्शाउने हो । दर्शकले हाम्रो फिल्मबाट अनुभूति गर्नुहुन्छ । ‘तीतो सत्य’को बेलादेखि नै हामीले समाजमा भइरहेका घटनाक्रमसँग कथानकमा राखेर प्रस्तुत गर्न मलाई रहर लाग्छ । तीनै रहरको उपज हो यो फिल्म ।

कुन कुरालाई तपाईंहरुले ‘छक्कापञ्जा ४’मा ठूलो जोखिम लिनुभयो ?

फिल्मको सबैभन्दा ठूलो जोखिम नै यस सिनेमाको विषयवस्तु हो । अहिलेसम्म राजनीतिलाई लिएर सुरुदेखि अन्त्यसम्म नेपालमा निकै कम पोलिटिकल ड्रामा बनेका छन् । पोलिटिकल ड्रामा भएकाले मलाई लागेको डर चाहिं के हो भने नयाँ पुस्ताले त मन पराउँछ । आमा दिदी बहिनीले चाहिं त्यही राजनीति नै रहेछ भन्छन् कि भन्ने डर हो ।

यसपटक भौतिक रुपमा प्रचारप्रसार गर्नुभएन । सबै भर्चुअल गर्नुभयो । के नेपाली फिल्मको प्रचार शैली बदल्नुपर्ने स्थिति आएको हो ?

नेपाली सिनेमाले मात्र होइन, हामी सबैले आफ्नो सामानको प्रवद्र्धन गर्न फरक सोच्नुपर्छ, फरक शैली अपनाउनुपर्छ । अहिले सबैको हात–हातमा मोबाइल छ । हातमा मोबाइल छ भने आँगनमा उफ्रिएर काम छैन । उसकै हातमा उफ्रिनुपर्‍यो । सामाजिक सञ्जाल नै अहिलेको लागि सफल चीज हो । उदाहरणका लागि अनलाइनअघि हामी छापा मिडियामा निर्भर हुन्थ्यौं । यसबाट पनि के बुझिन्छ भने हामीले प्रचारको शैली केन्द्रीकृत गर्नुपर्छ सोसल मिडियामा विशेषगरी सहरी क्षेत्रमा ।

‘छक्कापञ्जा’ श्रृंखलाको शीर्ष पात्र राजालाई चौथो भागमा कसरी प्रस्तुत गर्नुभएको छ ?

राजा भन्ने पात्र आधारभूत रुपमा एउटा गुण्डा क्यारेक्टर हो । गुण्डा पात्रको यात्रा यसमा देखाइएको छ । उसको यात्रा, विगत, वर्तमान र उसमा आउने रुपान्तरण यही नै फिल्मको कथावस्तु हो ।

दर्शकलाई के भन्न चाहनुहुन्छ ?

हामीले पछिल्ला श्रृंखलाबाट भन्दा धेरै मेहनत गरेका छौं । पछिल्ला श्रृंखला ४०-४५ दिनमा सुटिङ सकिन्थे, अहिले सुटिङ गर्न ७० दिन लागेको छ । यसपटक राजनीतिक विषयवस्तु भएकाले पनि धेरै मेहनत गर्नुपर्‍यो । तपाईंलाई के लाग्दैन भने नाम ‘छक्कापञ्जा ४’ भएपनि कथा पुरानो रहेछ भन्ने सोच्नुपर्दैन । नयाँ–नयाँ चीज घटनाक्रम, नयाँ द्वन्द्व देख्न पाउनुहुनेछ । नेपाली सिनेमामा कमजोरी त होला नै एउटा ताजा फिल्म हेरेको महसुस हुन्छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.