• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

‘प्रसाद २’को पोस्टर : जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथा

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

प्रदर्शनको तयारीमा रहेको सोसल ड्रामा ‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । ‘मायाभन्दा ठूलो नै के छ र’ बटमलाइन उल्लेख भएको पोस्टरमा विपिन कार्की, अर्पण थापा, केकी अधिकारी चित्रित छन् ।

Advertisement

बालकलाकार समेत फिचर्ड पोस्टरले चरित्र र उनीहरुको मनोदशालाई चित्रण गर्छ । रातो रङ पछाडि पोतिएको गाउँको तस्वीरले फिल्मको सेटिङ दर्शाउँछ । निर्देशक सुदर्शन थापाले रातो रङको अर्थ विद्रोह रहेको बताए ।

‘फिल्मभित्र समाज, संस्कृति, भावना र सम्बन्धको विद्रोह छ । रातो रङले पात्रहरु लक्ष्य हासिल गर्न कसरी संघर्षरत छन् भन्ने चित्रण गर्छ,’ पोस्टर डिजाइनको अवधारणाबारे निर्देशक थापाले भने ।

२०७५ सालमा रिलिज भएको ‘प्रसाद’को दोस्रो श्रृंखला रहेको फिल्मले प्रेम, जातीय असमानता र सामाजिक मूल्यविरुद्ध हुने विद्रोहको कथा भन्छ । दोस्रो श्रृंखलामा केकी अधिकारी र अर्पण थापाको प्रवेश भएको छ । विपिन कार्कीको अपोजिटमा देखिएकी केकीको मुडलाई समेत पोस्टरले उतारेको छ । सुशील पौडेलले पटकथा लेखेका छन् । यसपटक कास्कीको ल्वाङ गाउँमा खिचिएको फिल्मले शुक्रबार ट्रेलरसहित प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

सुवास थापा प्रस्तुतकर्ता रहेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । निर्माणमा एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनले सहकार्य गरेका छन् । प्रेम कथाका फिल्ममा पहिचान बनाएका निर्देशक थापाले यसअघि आफ्नो ब्राण्डेड जनराबाट पछि हटेर क्राइम थ्रीलर ‘धन्दा’ निर्देशन गरेका थिए । ‘धन्दा’ले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । यसपटक सुदर्शनले सोही शैलीलाई पछ्याउँदै ‘प्रसाद २’ निर्देशन गरेका हुन् । यसले पनि सकारात्मक समीक्षा प्राप्त गर्नेमा उनी आशावादी छन् ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.