• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

निश्चलको ‘दिमाग खराब’मा खगेन्द्रदेखि स्वस्तिमासम्म

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘दिमाग खराब’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक बस्नेतले सोमबार सार्वजनिक गरेको फिल्मको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको नाम उल्लेख छ । फिल्ममा सौगात मल्लको पनि अभिनय रहने चर्चा थियो । तर, अब उनको ‘च्याप्टर क्लोज’ भएको छ ।

Advertisement

सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन रहने फिल्मको पटकथा आकाश बरालले तयार पारेका हुन् । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रौनक विक्रम कँडेल छन् । जेठ १ गतेबाट छायांकनमा निस्कन लागेको फिल्मको प्रदर्शन मिति आगामी कात्तिक २४ गते (तिहार)लाई घोषणा गरिएको छ ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मले जनता र शक्तिको कथा भन्नेछ । निश्चल ६ वर्षपछि निर्देशनमा फर्किन लागेका कारण ‘दिमाग खराब’बाट फिल्म क्षेत्रले नै ठूलो अपेक्षा राखेको छ । उनले आफ्नो डेब्यू फिल्म ‘लुट’बाट नेपाली फिल्ममा नयाँ कथ्य संरचनाको सुरुवात गरेका थिए । यसको दोस्रो श्रृंखलामा भने उनी कथावाचनमा नराम्रोसँग चुक्न पुगे ।

निश्चलले गएको ६ वर्षमा निर्देशनमा फर्किन प्रयास गरेका होइनन् । लकडाउनअघि उनी फिल्म ‘जिन्दाबाद’ बनाउने तयारीमा थिए । उनी लोकेशन गर्न कर्णाली समेत पुगेका थिए । तर, भिएफएक्सको कठिनाई र ठूलो बजेटको आवश्यकता पर्ने भएपछि उनले यो फिल्म सुरु गर्न सकेनन् । निर्देशनमा सक्रिय नभए पनि उनले फिल्म र म्यूजिक भिडियोमा भने अभिनय गर्दै आइरहेका थिए ।

मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.